आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

प्रहरीका डीएसपी नै बहुविवाहको आरोपमा पक्राउ

२०८२ मंसिर २४, बुधबार मा प्रकाशित ( १ महिना अघि) २३५७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारीवाटिका संवाददाता
काठमाडौं -२४ मंसिर ।

नेपाल प्रहरीका वहालवाला प्रहरी नायब उपरीक्षक (डीएसपी)मधु नेपाल बहुविवाहको आरोपमा पक्राउ परेका छन्। नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो।

डीएसपी नेपालले घरमा जेठी श्रीमती हुंदा हुंदै दोस्रो विवाह गरेकोले उनीमाथी आफन्तले बहुविवाह गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर पक्रिएको हो।

रुपन्देहीका प्रहरीका अनुसार मुद्दा परेपछि डिएसपी नेपाल आफैं प्रहरी कार्यालय आएको र तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बताउनु भयो।

प्रहरीले आफन्तको उजुरीपछि डीएसपी नेपालकी दोस्री श्रीमतीको पनि खोजी गरिरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस