आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

पुर्पक्षका लागि थुनामा रहेका रवि र जोशीको मुद्दा आज सुनुवाई हुंदै

२०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ( १ महिना अघि) २२६४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
बुटवल- २५ मंसिर ।

सुप्रिम सहकारी लगायतका विभिन्न जिल्लाका सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा)का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा सुनुवाई हुने भएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार यसअघि दुईपटक लामिछाने पक्षका वकिलले निवेदन दिएपछि बहस स्थगित गरिएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले साउन २६ गते जमानत अस्वीकार गरेको थियो। सो आदेशविरुद्ध रविले भदौ ९ मा उच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस