आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

एमाले पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले छाडे 

२०८२ मंसिर २६, शुक्रबार मा प्रकाशित ( ८ महिना अघि) ३३१८ पटक पढिएको
नारी बाटिका


नारीवाटिका संवाददाता

धादिङ -२६ मंसिर ।

एमालेका पोलिटब्युरो सदस्य तथा नेता दलबहादुर रानाले एमालेको राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

आजेदेखी सुरु भएको नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट जेनजी र पार्टीका नयाँ पुस्तालाई नेतृत्व ल्याउने चहाना भएतापनि पुरा नै नेतृत्वको तँछाडमछाड भइरहेकोले पार्टीप्रति घृणा पैदा भएको हो ।

जसका कारण एमालेका एक बलिया र वरिष्ठ नेता रानाले आजै बिहान सामाजिक सञ्जालमार्फत् जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन्। तर उनले आफ््नो पारिवारिक कारणले राजनीतिबाट बिदा लिएको फेसबुक मार्फत जनाएका छन्।

उनी २०३५ सालदेखि कम्युनिस्ट पार्टीमा क्रियासिल हुँदै तत्कालीन नेकपा मालेको सम्पर्कमा आएका थिए। त्यसपछि युथ कम्युनिस्ट लिगमा संगठित भएर काम गर्न थालेका हुन्। राना २०७० सालमा छोटो समयका लागि भूमि सुधार तथा व्यवस्था मन्त्रीसमेत भैसकेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस