आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

मकवानपुरमा ट्याक्टर दुर्घटना हुंदा तीन जनाको मृत्यु, १९ घाइते

२०८२ पौष १, मंगलबार मा प्रकाशित ( १ महिना अघि) १७०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बागमती -१ पुस।

मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन्।

लु ५त १४७ नम्बरको ट्याक्टर दुर्घटनामा बकैया गाउँपालिका–७ अँधेरी बस्ने ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनु भयो।

उक्त दुर्घटनामा घाइते भएका २२ जना व्यक्तिहरुमध्य गम्भीर घाइते अवस्थाका तीनै जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै अन्य घाइतेमध्ये केहीको हेटौँडा अस्पताल र केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोगटीको भनाइ छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस