आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

रवि लामिछानेको थुनामुक्तको निवेदनमा आजै फैसला हुने सम्भावना

२०८२ पौष ३, बिहिबार मा प्रकाशित ( ४ महिना अघि) १९२३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवादाता
बुटवल- ३ पुुस ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारी ठगी सम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन मागेको निवेदनमा आजै सुनुवाई हुँदैछ ।

बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाईको मिति सरेपनि आज सुनुवाई हुने सम्भावना छ । सुनुवाईपछि फैसला समेत आजै आउन सक्नेछ ।

लामिछानेको मुद्दामा मंसिर २५ गतेको पेशी हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । त्यसअघिको सुनुवाई लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । आज पेशी तोकिएको र यसअघि रवि लामिछाने पक्षबाट दुई पटक पेशी स्थगित भइसकेकाले आज भने सुनुवाइ हुने उच्च सम्भावना रहेको अदालत स्रोत बताएको छ ।

नियम अनुसार विपक्षले बढीमा २ पटक मात्र पेशी स्थगित गर्न पाउने व्यवस्था रहेको पक्षले पनि बढीमा २ पटकसम्म मात्रै स्थगित गर्न पाउने व्यवस्था भएकोले सरकारी वकिलले नै स्थगित गराउने अधिकार भने छ ।ु

यसअघि आफुलाई धरौटी जमानत बुझाएर पनि थुनामा पठाएको भन्दै रवीले त्यसविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलास गएका हुन्। उक्त रिटमा कात्तिक २७ गते भएको सुनुवाइमा अदालतले मुल अभियोगको सक्कल मिसिल झिकाउने आदेश दिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस