आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

रवि आज रूपन्देही उच्च अदालतमा धरौटी बुझाएर रिहा हुंदै

२०८२ पौष ४, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) १६७५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवादाता
धादिङ- ४ पुुस ।                   बिबियु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर,अन्तरगत बुटवल इजलासले ेबिहिबार दिएको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी आज रिहा हुने भएका हुन्।

रिहा हुनु अीघ उनलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ। जिल्ला अदालतमै उपस्थित गराएर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रूपन्देही ल्याउन लागिएको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

स्रोतका अनुसार उनलाई विहान ९ बजेतिर नख्खु कारागारबाट रूपन्देही लैजाने तयारी अनुसार लगिएको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मञ्जुर हुने कागज गराएर रिहा गराउन आदेश दिएको थियो ।

लामिछानेको भागमा परेको बिगो वापतको बुझाउन पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गर्नुपर्ने भएपछि रुपन्देही लैजान लागिएको बताइएको छ। उनी आफैँ रुपन्देही जिल्ला अदालातमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन पाएनन्। सबै कागजी प्रक्रिया पूरा गरेपछि आजे रिहा हुनेछन् ।

उच्च अदालतकै आदेशमा उनी पूर्पक्षका लागि गत चैत २५ गते कारागार चलान भएका थिए । त्यसैक्रममा उनलाई गत साउन ३१ गते नख्खु सारिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस