आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

काँग्रेस फागुन २१ को निर्वाचनमा जान आतुर: शेखर कोइराला

२०८२ पौष ५, शनिबार मा प्रकाशित ( ८ महिना अघि) ५०८५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

विराटनगर -५ पुस ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताउनु भएको छ।

कोइराला गृह्र जिल्लाको निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग सुक्रबार भएको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।

उहाँले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशनसमेत दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले नेपाली कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख गर्नु भयो।

“संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो”, उहाँले भन्नु भयो “हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका जन्मिएको छ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस