आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट,एक कामदारको मृत्यु, ६ घाइते

२०८२ पौष १२, शनिबार मा प्रकाशित ( ३ हफ्ता अघि) २६६७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रौतहट- १२ पुस ।

रौतहट जिल्लामा संन्चालित ज्योती डिस्टिलरीमा भएको ‘बोइलर’ विस्फोटमा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान कटहरिया नगरपालिका( ९ स्थित ज्योती डिस्टिलरीमा भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका हुन्।

विस्फोटमा कटहरिया–९ बलुवा गाउँका अन्दाजी ४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।साथै घाइते भएकाहरूको पहिचान खुल्न बाँकी छ। ६ जनामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई प्राथमिक उपचारपछि वीरगञ्ज तर्फ ‘रिफर’ गरिएको छ।

उक्त शक्तिशाली विस्फोटका कारण डिस्टिलरी परिसरमा ठूलो क्षति पुगेको बताइएको छ। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस घटनापछि स्थानीयहरु भय र त्रासमा रहेको बताइएको छ। स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षाकर्मीले डिस्टिलरी क्षेत्र नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा बनाएको छ।

घटनास्थल सुरक्षाको लागी जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरी घटनाबारे विस्तृत अनुसन्धान थालिएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस