आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

कामपा भित्रका मात्रै ९ सयभन्दा बढी सहकारीहरु सम्पर्क विहीन

२०८२ पौष १३, आईतबार मा प्रकाशित ( ३ हफ्ता अघि) १५२० पटक पढिएको
नारी बाटिका


तस्वीर ; कान्तिपुर अनलाईनबाट साभार

नारी वाटिका संवाददाता

काठमाडौं -१३ पुस ।

पछिल्लो समयमा सहकारी ठगी प्रकरणमा परेका धेरै व्यक्तिहरुको कारबाहीमा सरकार लचिलो देखिनाले काठमाडौं महानगरपालिकाभित्रका मात्रै ९ सयभन्दा बढी सहकारी सम्पर्क विहीन भएको अवस्था छ ।

शुक्रबार काठमाण्डौ नगरसभाको १८ औँ अधिवेशनमा विधायन समितिका संयोजक मचाराजा महर्जनले ९ सयभन्दा बढी सहकारी संस्थाहरु सम्पर्कमा नआएको जानकारी दिएका हुन्।

विधायन समितिका संयोजक महर्जनका अनुसार काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ संशोधन विधेयक २०८२ प्रस्तुत गर्दै उक्त सहकारी संस्थाहरु कसको झोलामा छ भनेर खोज्नुपर्ने अवस्था आएको बताएका थिए।

काठमाडौं महानगरपालिकाभित्र ‘विभिन्न प्रकृतिका १९ सय ४४ वटा भन्दा बढी सहकारीहरु संन्चालित छन् तर नियमित रूपमा नियम अनुसार प्रतिवेदन बुझाउने करिव एक हजार मात्रै सहकारीहरु देखिन्छ, बाँकी अन्य ८,९ सय सहकारीहरु कहाँ छन्‚ कसको झोलामा छन्? थाहा छैन ।

उनीहरु कसको सम्रक्षणमा सहकारीको नियम र कानुन विपरित काम गरेर सम्पर्क विहीन हुन्, के कसरी कारोबार भइरहेको छ भन्ने कुराको स्थानीय तथा सरकारलाई कुनै जानकारी भएको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस