
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिड॰ .२२ पुस । बिबियु
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्ने भएकोले बिशेष महाधिवेशनको विवादमा नलाग्न अनुरोध गर्नु भएको छ । यस सवालमा सहमतिका आधारमा केन्द्रीय समितिले नै बिशेष महाधिवेशनका आह्वान गर्नुपर्ने बताउनु भएको हो।
उहाँले बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर मात्रै माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताउनु भयो। उहाँका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनको काम सकेर मात्रै बैठक बोलाउँदा एकताको सन्देश जाने बताउनु भयो।’
मंगलबार उहाँको निजी सचिवालयमा पार्टीका नेताहरुसंगको भेटघाटमा डा.कोइरालाले सबैको मनोभावना सम्बोधन गर्नेगरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको पक्षमा लागेको बताउनु भयो ।
उहाँले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्दा दुइ चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने भएकाले गठबन्धन गर्न नहुने बताउनु भएकाृ छ । साथै आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट धारणा रहेको बताउनु भयो।
उहाँले विशेष महाधिवेशनको विषयको विवादमा दुबै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने सामूहिक आग्रह समेत गर्नु भयो। छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदय शमशेर राणा, अर्जुन जोशी लगायतका नेताहरुको सहभागिता थियो।








प्रतिक्रिया दिनुहोस