
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२३ पुस ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभरबाट उम्मेदवारको मनोनयन हुंदैछ। सोका लागी बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार आजै उम्मेदवारको दावी विरोधमा उजुरी दिने, पुस २७ मा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २८ मा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १८ सदस्यको पद रिक्त हुँदैछ। सोही रिक्त पदका लागी आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुंदैछ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार आयोगले मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने संविधानिक व्यवस्था छ ।








प्रतिक्रिया दिनुहोस