आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

कांग्रेस विशेष महाधिवेशन, आजको लागी मतदान स्थगित

२०८२ पौष २९, मंगलबार मा प्रकाशित ( ३ हफ्ता अघि) ७७६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका रिपोर्टर, काठमाडौं

धादिङ -२९ पुस ।  संवाददाता बिबियु

कांग्रेसको विशेष महाधिवेशनमा आज हुने भनिएको नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम भने आजको लागी स्थगित भएको छ।

तिनदेखी जारी राजधानीको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा आज राति नौ बजेबाट हुने भनिएको मतदान कार्यक्रम रातिको समयमा अलि समस्या हुने भएकाले भोलि (बुधवार) मात्रै मतदानको कार्य तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिनु भयो ।

यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आजै राति ९ बजेदेखि मतदानको तयारी थियो। कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका लागि १ सय ३४ सदस्य पदमा निर्वाचन हुने व्यवस्था छ। सोही विधान अनुसार निर्वाचन हुने भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस