
नारी बाटिका
नारी वाटिका संवाददाता
बुटवल -३ माघ ।
नेकपा एमालेका केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले एमाले परित्याग गरेका छन्।
रुपन्देही जिल्लाको क्षेत्र नं. २ तिलोत्तमा नगरपालिका–३ का पौडेलले एमालेमा मौलाउँदै गएको अधिनायकवाद, नातावाद, गुटबन्दी, भ्रष्टाचार र गाली–बेइज्जतीको संस्कृतिसँग असहमत रहेकोले आफुले एमाले पार्र्टी परित्याग गरेको बताएका छन्।
उनले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई बुझाएको राजीनामा पत्रमा आफु कुनै पार्टीमा पनि नजाने र अब स्वतन्त्र रहने उल्लेख गरेका छन्। उनी एमाले नेता लिला गिरी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । साथै उनी कानुन आयोगका सदस्यसमेत रहेका थिए।
यसअघि उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, एमाले रुपन्देही सचिवालय सदस्य तथा विभिन्न कमिटीको जिम्मेवारी सम्हालिसकेका छन्।
यता कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्। कनौडियाले कांग्रेसभित्रको आन्तरिक किचलो भएको साथै आफुलाई क्षेत्र नम्बर ३ मा एमालेबाट टिकट सुनिश्चित भएकोले पनि पार्टी परिवर्तन गरेको बताएका छन्।








प्रतिक्रिया दिनुहोस