आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

नेपाल प्रहरीमा ११ एसएसपीको सरुवा तथा जिम्मेवारी हेरफेर

२०८२ माघ ४, आईतबार मा प्रकाशित ( १ दिन अघि) १११७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ४ माघ । बिबियु

गृह्रमन्त्रालयले नेपाल प्रहरीको जनपद तर्फका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग अन्तर्रगतको समितिद्रवारा शनिबार एक विज्ञेप्ति जारी गरी उहाँहरूको सरुवा गरेको जानकारी दिएको हो।यससँगै हालै बढुवा भएका १० जना एसएसपीको समेत पदस्थापन गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ।

कार्यलयले जनाए अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ।

यस्तै उत्त स्थानमा सन्तोष खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत सोमेन्द्र सिंह राठोर काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा हुनु भएको छ।

यसैगरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ।

प्रहरी संगठनभित्र कार्यक्षमता अभिवृद्धि, नेतृत्व सन्तुलन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अन्य सरुवा तथा पदस्थापन भएका एसएसपीहरूको विवरण भने छुट्टै सूचना मार्फत सार्वजनिक गरिने उल्लेख गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस