आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुंदा पाँच जनाको मृत्यु, १३ घाइते

२०८२ माघ ४, आईतबार मा प्रकाशित ( १७ घण्टा अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धरान -४ माघ ।

धरानमा शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जनकपुरबाट धरानको भेडेटार क्षेत्रमा शैक्षिक भ्रमणमा गएको बसको ब्रेक फेल भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

उक्त बस धनकुटाको भेडेटार घुमेर फर्कँदै गर्दा दुर्घटनामा परेको थियो भने दुर्घटनामा १ बच्चासहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै बसमा सवार १३ जना घाइते भएकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस