आज: २०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

अब शिक्षकको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट गरिने

२०८३ बैशाख २, बुधबार मा प्रकाशित ( १ महिना अघि) १९२३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२ वैशाख ।

राष्ट्रिय किताबखाना (निजामती)ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल प्रदेशको शिक्षा हेर्ने मन्त्रालय मार्फत गर्ने भएको छ ।

वर्तमान नेपाल सरकारले शासकीय सुधारको लागी १०० दिनको लागी १०० वटा कार्यसूची तयार गरिए बमोजिम आगामी आर्थिक वर्षदेखि शिक्षकको सिटरोल दर्ता तथा अवकाश पछिको सेवा सुविधाको व्यवस्थापन प्रदेशको शिक्षा हेर्ने मन्त्रालय मार्फत गर्ने व्यवस्था मिलाउन लागिएको हो ।

राष्ट्रिय किताबखानाका महाप्रबन्धक श्रवणकुमार पोखरेलले उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा डिजिटल सर्भिस, इ–पेन्सन लगायतको सुविधा तथा सिटरोल दर्ताको प्रक्रिया अघि बढाउने गरी छलफल भएको छ ।

यसका लागि कार्यालयले कार्यविधि स्वीकृतिको प्रक्रिया अघि बढाएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस