आज: २०८३ बैशाख २, बुधबार | Wed, 15, Apr, 2026

मन्त्री हुन नपाएपछि सांसद पदबाटै राजीनामा दिए कुँवरले

२०८३ बैशाख २, बुधबार मा प्रकाशित ( ४ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२ वैशाख ।

नेपाली काँग्रेसका सांसद दोर्ण कुमार कुँवरले मन्त्री हुन नपाएपछि सांसद पदबाटै राजीनामा दिएका छन् । गण्डकी प्रदेशमा कांग्रेसका तर्र्फबाट निर्वाचित भएका सांसद कुँवरले मन्त्री बन्न नपाएकोमा आक्रोश व्यक्त गर्दै राजीनामा दिएका हुन् ।

बुधबार गण्डकी प्रदेश सरकारमा भएको हेरफेर मन्त्रिपरिषदमा आफ्नो नाम मन्त्रीको लिस्टमा नभएपछी उनी आक्रोश बनेका थिए ।

कुँवरलाई मुख्यमन्त्री एवं दलका नेता सुरेन्द्रराज पाण्डेले आफुलाई मन्त्री बनाउन नमानेको भन्दै उनले राजीनामा दिएका थिए । तर रिसको झोंकमा दिएको कुँवरको राजीनामा फिर्ता हुन सक्ने संकेत स्रोतको भनाई छ ।

कुँवर २०७९ को प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बागलुङ– क्षेत्र न.ं २ (ख)बाट निर्वाचित सांसद हुन्। गण्डकी प्रदेशमा बुधबार नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा मुख्यमन्त्री बाहेक सबै मन्त्री मण्डल हेरफेर भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस