
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धार्दिङ -९ वैशाख।
नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा कडा आन्दोलन गर्ने भएको छ । बालेन शाह नेतृत्वको सरकारको मन्त्रीपरिषद्को बैठकले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै प्रकाशन, प्रसारण गर्ने निर्णय गरेपछि विज्ञापन नीतिविरुद्ध कडा आपत्ति जनाएको हो ।
सरकारले गरेको उक्त विभेदकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै देशव्यापी रुपमा चरणबद्ध दबाब मुलक आन्दोलनको घोषणा गरेको छ । महासंघले सरकारको यस निर्णयलाई प्रेस स्वतन्त्रता,खुला अर्थनीति र संघीयताको मर्मविपरीत भन्दै तत्काल फिर्ता लिन सरकारलाई चेतावनी समेत दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट परिपत्र जारी गरी संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्न निर्देशन दिइएको थियो । यस निर्णयलाई महासंघले “विभेदकारी, असंवैधानिक र प्रेस स्वतन्त्रतामाथि प्रहारसहितको हस्तक्षेप” भनेको छ ।
महासंघले वैशाख ९ गते आजैदेखी चरणबद्ध रूपमा देशव्यापी आन्दोलन गर्ने कार्यक्रमको कार्यतालिका समेत सार्वजनिक गरीसकेको छ । 








प्रतिक्रिया दिनुहोस