
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धादिङ -९ वैशाख ।
स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा अनधिकृत पेज निर्माण गरी बतनाम गराउने गतिविधी भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डको नाउबाट सामाजिक प्लेटफर्ममा गलत र भ्रामक सूचना फैलाएकोले यस्ता पेजहरूले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यस्ता पेजहरु तत्कालै हटाउन निर्देशन दिएको हो ।
बुधबार बोर्डले एक विज्ञप्ति जारी गर्दै अबको २४ घण्टाभित्रमा त्यस्ता पेज तथा समूह हटाउन निर्देशन दिएको छ। उक्त निर्देशन पालना नगरेमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही चलाइने चेतावनीसमेत दिइएको छ।
यसका साथै बोर्डले आफ्ना आधिकारिक सामाजिक सञ्जाल खाताहरू पनि आज सार्वजनिक गर्दै सही सूचना तथा सन्देशहरु त्यहीँ संन्जालमार्फत लिन सबैमा आग्रह गरेको छ। 








प्रतिक्रिया दिनुहोस