आज: २०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

आजदेखी थापाथलीको सुकुम्बासी बस्ती खाली गरिँदै

२०८३ बैशाख १२, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१२ वैशाख ।

राजधानी काठमाडौस्थित देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासी वस्तीलाई आजदेखि सरकारले खाली गर्ने भएको छ ।

यसअघि पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी वस्तीमा डोजर चलाएर खाली गर्ने अभियान भएको थियो । त्यसपछी आज बालेन सरकारकै नेतृत्वमा शनिबार विहानै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सो क्षेत्रमा डोजर चलाईने तयारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सुचना जारी गर्दै आज(शनिबार) बिहान ६ बजेदेखि वस्ती खाली गरिने उल्लेख गरिएको थियो । उक्त वस्तीमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई शुक्रबारसम्म सो स्थान छाड्न सरकारद्वारा निर्देशन जारी गरिएको थियो।

थापाथलीको सुकुम्बासी वस्तीका केही मानिसहरूले शुक्रबार दिउँसो नै आफ्ना सरसामान सारेर बसेका घरहरु खाली गरेका छन्। सुक्रबार जारी गरो काठमाडौं जिल्ला प्रशासनले अटेर गर्नेहरुलाई काठमाडौं महानगरपालिका र प्रहरीले संयुक्त रूपमा कारबाही गरी त्यस्ता संरचना भत्काउनेसहिको चेतावनी दिएको हो ।

सरकारले भने बस्ती खाली गर्न बल प्रयोग नगर्ने पनि बताएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार पत्रकार सम्मेलनमा वस्तीमा बल प्रयोग नगरिने र सुरक्षित स्थानान्तरण गरिन लागिएको बताएका थिए । यद्यपि ति सुकुम्बासीहरूलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा भने सरकारले स्पष्ट रुपमा सार्वजनिक गरेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस