
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धार्दिङ -१३ वैशाख।
वर्तमान अवस्थामा नयाँ टेक्नोलोजीको प्रयोगमा आवश्यकतामुलक महिला पत्रकारहरुका लागी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
बागमती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा धुलिखेलमा सम्पन्न दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआईको प्रयोग’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो । 
पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा संन्चारकर्मीहरुका लागी महत्वपुर्ण र अत्याधुनिक प्रविधिलाई सही सदुपयोग गरी यसको प्रयोग गर्न सके पत्रकारिता क्षेत्रमा संन्चारकर्मीहरुलाई काम गर्न थप सहयोग पुग्ने देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्रशिक्षक सरिता दाहाल तथा प्रशिक्षक नितु पण्डितको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका अध्यक्ष एवं् मन्त्रालयका सचिव अधिकारीले तालिममा आर्जित सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै, आगामी दिनमा यस्ता कार्यक्रम अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भएको छ । साथै सचिव अधिकारीले सामाजिक विकासका क्षेत्रमा मन्त्रालयले के कस्ता काम गरिरहेको छ ? । कुन कुन क्षेत्रमा सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गर्ने गरेको छ ? लगायतका बारेमा प्रस्तुतीकरणसहितको सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले“खोजमूलक पत्रकारिता मार्फत एआई जस्ता प्रविधिलाई आत्मसात गर्दै पत्रकारितामा केन्द्रित हुनु आजको आवश्यकता भएको बताउनु भएको छ ।
यस्तै अध्यक्ष मगरले “पत्रकार महिलाहरूलाई प्रविधिमैत्री बनाउन र सामाजिक विकास,समाजमा हुने लैंगिय विभेदका सवाललाई गहिराइबाट उठाउन यस कार्यक्रमले विशेष मद्दत पुग्ने विस्वास व्यक्त गर्नु भयो ।
उहाँले निजी र सामुदायिक सञ्चारमाध्यमले आमसञ्चारको ठूलो हिस्सा ओगटेको उल्लेख गर्नु हुंदै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने परिपत्र सच्याएर सबै सञ्चारमाध्यमले पाउने वातावरण बनाउन माग गर्नु भयो ।
साथै पत्रकार महासंघ बागमती प्रदेशको ध्यानाकर्षणपत्र बुझ्दै सञ्चारमन्त्रीले यसबारे गृहकार्य भइरहेको र साना तथा स्वरोजगारमुखी मिडियाको पक्षमा सरकार रहेको जानकारी दिएको बताउनु भयो ।
प्रशिक्षणको क्रममा प्रशिक्षक सरिता दाहालले महिला पत्रकारको सुरक्षा र लैंगिक समानता,पछिल्लो समयमा समाजमा महिला हिंसाका घटनाहरु बढ्नुमा विशेषगरुी सामाजिक सञ्जालको बढ्दो प्रभाव रहेको साथै पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुको पलायन रोक्न यस्ता सशक्तीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
यस्तै प्रशिक्षक नितु पण्डितले पत्रकार आचारसंहिता र फेक न्युज सम्वन्धि साथै पत्रकार तथा प्रशिक्षक अजय शर्माले एआई प्रयोग गरी समाचार सामग्री निर्माणबारे प्रशिक्षण प्रशिक्षण गर्नु भएको थियो ।
अभिमुखीरण कार्यक्रममा बागमती प्रदेशभित्रका १३ जिल्लाका २१ जना क्रियाशील महिला पत्रकारको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस