आज: २०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

आजदेखि कक्षा १२ को परीक्षा सुरु ,यस वर्ष करिब ९० हजार परीक्षार्थी घटे

२०८३ बैशाख १४, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


 तस्वीर स्रोत : एआई जेमिनी

बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ – वैशाख। हरु

यस वर्षको कक्षा १२ को परीक्षा आजबाट सुरु हुँदैछ ।

यस वर्ष ४ लाख १८ हजार ८ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् । गत वर्षसम्म पुरानो कोर्षका विद्यार्थीहरु परिक्षामा सहभागी थिए । गत वर्षको तुलनामा यस वर्ष करिब ९० हजारभन्दा बढी विद्यार्थीहरुको संख्या घटेको छ । यता राष्ट्रीय परिक्षा बोर्डले भने यस विद्यार्थी संख्या बढेको भनाई छ ।

पुरानो कोर्ष अध्ययन गर्ने विद्यार्थीले ३ वषसम्म परीक्षा दिने अवसर पाएको गत वर्षसम्म विद्यार्थी संख्या बढेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनु भयो । उनीहरुको लागी तीन वर्षसम्म परिक्षा दिन पाउँने अवसर सकिएकाले यो वर्ष विद्यार्थीको संख्या घटेको देखिएको हो ।

एसईईमा करिब साढे ४ लाख विद्यार्थी उत्तीर्ण भएका हुन्छन् । तर भर्ना हुने दर भने ३ लाख ५० हजारको हाराहारीमा सिमीत देखिन्छ ।

परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमित तर्फका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिनेछन् । यीमध्ये १ लाख ७२,०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीहरु परिक्षामा सहभागी हुनेछन् ।

यस्तै आंशिकतर्फ ५ हजार ८३० परीक्षार्थीहरू सहभागी हुनेछन् । देशभरमा सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट ६४ हजार ३३ जना परीक्षार्थीले परिक्षा दिनेछन्।

साथै देशभरमा १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौँ मा १६१ र सबै भन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १ –१ परिक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

सात प्रदेशबाट कोशीमा ६७ हजार ४९७, मधेस ६२ हजार ११४, बागमती १ लाख २० हजार ४७७, गण्डकीमा ३० हजार ५४६,लुम्बिनी ६९ हजार ४११, कर्णाली ३० हजार ४७९ र सुदूरपश्चिम प्रदेशमा ३७ हजार ४४५ र जापानमा ३९ जनाले परीक्षा दिँदै छन् । परिक्षा बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस