आज: २०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

जीप दुर्घटनामा परी रुकुमपश्चिमका १२ घाइते,तिन जनाको अवस्था गम्भीर

२०८३ बैशाख १६, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रुकुमपश्चिम -१६ वैशाख।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जीप दुर्घटना हुंदा १२ जना घाईते भएका छन् ।

मंगलबार साँझ भएको जिप दुर्घटनामा परी १२ जना घाइते भएका हुन् । आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप सोही पालिकाको वडा नं. ९ सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनापछि चालक सानीभेरि गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र विक फरार छन् । उनको खोजी भइरहेको छ ।

घाइते हुनेहरूमा सबै जसो आठबिसकोट नगरपालिकाका रहेका छन् । घाइतेमध्ये जसि, भूपेन्द्र र महेन्द्रको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस