आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

देशका केही स्थानमा आज भारी वर्षा हुन सक्ने पुर्वानुमान अनुसार सावधानी अपनाउन अनुरोध

२०८३ श्रावण २५, सोमबार मा प्रकाशित ( १ मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२५ साउन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ।

साथै मधेस प्रदेश,बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा आंशिक रुपमा मौसम बदली छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसममा साधारणतया बदली रही हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको साथै पहाडी भेगका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने छ।

त्यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही भाग, मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पुर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रही हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने छ।

मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षा, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र,कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका,केही स्थानमा भारी वर्षा साथै एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रको पुर्वानुमान सुचना अनुसार गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले प्रभावित बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस