आज: २०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026

स्टेरिङमै आफ्नो ज्यान गुमाएर १८ जना यात्रुहरुलाई बचाए चालक नारायण श्रेष्ठले

२०८३ श्रावण २४, आईतबार मा प्रकाशित ( १ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


 

बिबियु,नारी वाटिका डट्कम
धादिङं २४ साउन ।

धादिङमा एक ईभी हाइस चालकको गाडी गुडि रहेकै क्रममा अचानक मृत्यु भएको छ । बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइस चालक सिद्धलेक गाउँपालिका–३ निवासी ५० वर्षीय मीननारायण श्रेष्ठको शनिवार धादिङबेसीबाट चैलिङ तर्फ रिजर्भका यात्रु लिएर जानेक्रममा मा पुगेर अचानक बेहोस भएका थिए ।

नेपाल बार एसोसिएसन धादिङको साधारण सभामा भाग लिन १८ जना कानुन व्यवसायीहरु सवार उक्त्त ईभीमा धादिङबेसीबाट बेनिघाट रोराङ गाउँपालिका–८ स्थित चैलिङ सामुदायिक होमस्टे तर्फ जाँदै गरेको अवस्थामा चालक श्रेष्ठको मृत्यु भएको हो ।

चैलिङ नजिक बिदाङ भन्ने स्थानमा पुगेपछि चालक श्रेष्ठले उक्त्त होमस्टे तर्फ जाने बाटो सोधेर करिव ५० मिटर अघि बढेपछि आफूलाई असहज महसुस गरी तत्काल आफुनो सवारी रोकेका थिए ।

अचानक गाडी रोकेपछी सोही गाडीमा सवार धादिङ वार एसोसिएसनका एक सहभागीले के भयो भनेर सोधेलगतै चालकको मुन्टो सिटबाट लत्रिएको र त्यसपछी सबै मिलेर चालकलाई सिटबाट बाहिर निकालेर स्थानीय स्वास्थ्य चौकीमा खवर गरी स्वास्थ्यकर्मी बोलाइएको थियो ।

त्यसपछी स्थानीय,वकिलहरु र स्वास्थ्यकर्मीले तत्कार्लै एम्बुलेन्स झिकाएर अस्पताल पुर्याएपनि डाक्टरले उनको मृत्यु भएको घोषणा गरिएको थियो । चालक श्रेक्ष्ठले आफ्नो ज्यान स्टेरिङ मै गुमाएर पनि १८ जना कानुन व्यवसायीहरुलाई बचाएर सकुशल गन्तव्यसम्म पुर्याउन सफल भए ।

चालकले समयमै सवारी नरोकेको भए सम्भावित ठूलो दुर्घटना हुन सक्ने लगभग निश्चित नै थियो । सवारी दुर्घटनामा हुने अवस्थाबाट बचाएर आफू परमधाम गएका चालक श्रेष्ठको मृत्युले उनलाई चिन्ने र बुझ्ने सबैमा गहिरो गुण लगाएर गएका छन् ।

सडकमा गुडिरहेको सवारीसाधनमा चालकलाई अचानक हृदयघात भएको र उनले आफ्नो जिवनको अन्तिम असहज परिस्थितिलाई नियन्त्रण गर्न नसकी ठूलो दुर्घटना हुन सक्ने जोखिमलाई पनि सहज बनाएर १८ जना कानुन व्यवसायीको ज्यान बचाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस