
नारी बाटिका
बिबियु -नारी बाटिका संवाददाता
धादिङ -२३ वैशाख ।
काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा साथी -साथी बिचमा भएको झगडामा धारिलो हतियार प्रयोग गर्दा एक युवकको हत्या भएको छ।
केही बेरअघि उक्त स्थानमा साथी -साथीमा झगडा हुंदा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको हो । हत्या हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको हो । साथै घटनामा संलग्न भएका व्यक्तीको पहिचान खुलिसकेकोले चाँडै पक्राउ गरिने सुचना अधिकारी भट्टराईले बताउनु भयो ।”
प्रहरीको प्रारम्भिक जानकारी अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको र सोही घटनामा परी घिमिरेको मृत्यु भएको हो।








प्रतिक्रिया दिनुहोस