आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

को-को रहेछन् त ? समस्याग्रस्त सहकारीहरु,नाम सार्वजनिक

२०८३ बैशाख २४, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी बाटिका संवाददाता
धादिङ -२४ वैशाख ।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण लिएर नतिर्ने ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।

देशमा झण्डै ३२ हजार सहकारी संस्थाहरु संन्चालनमा छन् । ति मध्य केही सहकारी संस्थाका कर्मचारी तथा संन्चालकहरुले बचत अपचलन गर्दा पछिल्लो समय करिव ४ सय सहकारी संस्थामा देखिएको समस्याका कारण अन्य राम्रा सहकारीहरुलाई पनि असर परेको थियो ।

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी सोही अनुसार कार्य अघि बढाएसंगै समस्याग्रस्त घोषित भएका १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो।

समितिले अन्य समस्याग्रस्त सहकारीबाट पनि ऋण लिएर नतिर्ने ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ। वुधबार व्यवस्थापन समितिले सूचना जारी गरी सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन गरेको छ।

यसरी सुचना प्रकाशन गर्दा पनि ऋण तिर्न आनाकानी गरी बसेमा कानुन बमोजिम असुल उपर गरिने जनाइएको छ। यसैगरी अन्य ऋणीहरूको नाम पनि क्रमिक रुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले तत्कालै कार्यालयमा सम्पर्क गरी ऋण तिर्न सुचित गरेको हो।

नाम प्रकाशित भएका सहकारी संस्थाबाट ऋण लिएकाहरु छन् जसमध्य घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी छन् ।

यस्तै नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतमश्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाममा सार्वजनिक गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस