आज: २०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

निलकण्ठ नगरपालिकाको १३ औं स्थापना दिवश कार्यक्रम सम्पन्न

२०८३ बैशाख २६, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु.-नारी बाटिका संवाददाता
धादिङ- २६ वैशाख ।

धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो १३ ओँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ । नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

नगरपालिकाको स्थापना दिवस विशेष समारोहमा नगरपालिकाले सम्पन्न गरेका तथा आल निर्माणधीन अवस्थामा रहेका सम्पुर्ण योजना तथा सामाजिक विकास कार्याक्रमको समिक्षा गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी,धादिङ अस्पतालका प्रमुख त्रिभुवनचन्द्र झा,नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती,यसैगरी पतन्जली सेवा समाजका अध्यक्ष बद्री अधिकारी,निलकण्ठ नगर प्रज्ञा प्रतिष्ठानका सचिव प्रकाश र्पाैडेल, टोल विकास महांसंघलगायतले शुभकामना मन्तव्य व्यक्त्त गर्नु भएको थियो ।

मन्तव्यका क्रममा वक्ताहरुले नगरपालिकाले शिक्षा,स्वास्थ्य,खानेपानी,सरसफाई,सहकारी प्रवद्धनलगायतका क्षेत्रमा धेरै राम्रो काम गरीरहेको छ । साथै नगरभित्र रहेका समुदाय तथा महिलाहरुको अवस्था पहिचान गरी जिबिको पार्जनमा सहयोग पुर्याउने निति, योजना र कार्यक्रम ल्याउन आग्रह गरिएको थियो ।

२०७१ बैशाख २५ गतेको नेपाल सरकारको निर्णयबाट नीलकण्ठ नगरपालिका घोषणा भएपछि दुई पटक भएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको रुपमा भिम प्रसाद ढुंगाना निर्वाचित हुनु भएपछी निेपालका सबै जसो नगरपालिकाहरु मध्य यस निलकण्ठ नगरपालिकामा सबै जसो विकासका योजनाहरु विवादरहित हिसाबमा नियम अनुसार सम्पन्न गरिएको पाईएको छ ।

नगरले रणनीति बनाएर कार्यक्रमहरु संचान गनुपर्ने, विकासकाकाम गर्दा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सिमान्तकृत, बालबालिका तथा महिलाहरुलाई प्राथमिकतामा राखेर योजना निर्माण गरि कार्यान्वयन गर्नुपर्ने, शाशनबाट मात्र नभएर सेवा प्रवाह गर्नु पर्ने, दुरदृष्टि राख्नु पर्ने र पक्ष विपक्ष नभइकन काम भैइरहेको छ ।

आगमी दिनमा पनि अझै सेवा प्रभाहमा नगरपालिकाको योजना निमार्ण गरी कार्यन्वयन होस् भन्ने सहितकोवक्ताहरुले आग्रह गर्नु भएको थियो ।

नगरपालिकाले नगरपालिका स्थापना दिवसको अबसरमा मैत्रीपूर्ण ब्याडमिन्टन आदी प्रतियोगिताहरु आयोजना गरेको थियो । मैत्रीपूर्ण खेलकुदमा विजेता उपविजेतालाई सम्मानपत्र लगाय, ट्रफी, मेडलले सम्मान गरिएको थियो । विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका योजना अधिकृत लोकनाथ उपाध्यायले एकघर एक धारा अन्तरगतका ठूला खानेपानी योजनाहरु संचालन भएको, पहिरो पूर्व सूचनाप्रणाली स्थापना गरेको, फोहोरबाट कम्पोष्ट मल उत्पादन सुरु भएको, विपद पूर्वतयारी योजना गरि कार्यन्वयनमा रहेको, बालमैत्री नगर घोषणाका लागि काम सुरु भएको प्रस्तुतीकरणसहित जाानकारी दिनु भयो ।

साथै कार्यक्रम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रशाद रिजालले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस