आज: २०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

सुरु भयो डेङ्गुको लहर,१३ स्थानीय तहमा सङ्क्रमण देखियो

२०८३ बैशाख २६, शनिबार मा प्रकाशित ( ५0 मिनेट अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी बाटिका संवाददाता
धादिङ -२६ वैशाख ।

गर्मी मौसम लागेसंगै देशका केही जिल्लामा डेङ्गुको लहर देखिन थालेको छ । पछिल्लो समयमा केही जिल्लामा डेङ्गुको लहर देखिन थालेपछी सरकारले १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन सुझाएको हो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले उल्लेख गरिएको १३ स्थानीय तहमा डेङ्गु सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन सुझाव दिएको बताएका छन् ।

“हामीले पुस यता सबै स्थानीय तहको डेङ्गु सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ”, उनले भने, “अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गु सङ्क्रमण देखिन थालेका छन्। तर १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन पत्राचार गरेका छौँ।”

डा.गोकर्णप्रसाद दाहालका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन्।

ति जिल्लाहरुमा पुस यता करिब ६ सय जनामा सङ्क्रमण देखिएको बताइएको छ । तरअहिलेको पानीले सङ्क्रमण भने नबढाउने बताए। “अहिलेको पानीमा डेङ्गु सार्ने लामखुट्टे फैलिने अवस्था नभएको उनको भनाइ छ। उनले भने अहिलेको पानीमा एक छिन लामखुट्टे आउने त्यसपछि नआउने खालको छ”, “त्यसैले अहिलेको पानीमा डेङ्गु सार्ने लामखुट्टे फैलिने सक्दैन। सङ्क्रमणको जोखिम कम भएको जानकारी दिए।

साथै पानी जम्ने स्थानमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु सङ्क्रमण लाग्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस