
नारी बाटिका
नारी बाटिका संवाददाता
नवलपरासीैं -२७ वैशाख ।
बर्दघाट सुस्ता (पश्चिम)को बर्दघाट नगरपालिका–४ अन्तर्रगतमा पर्ने पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटनामा परी १६ जना घाइते भएका छन्।
शनिबार पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रु बोकेको बस साँझ करिब ७ बजेतिर अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनु भयो।
प्रहरी नायब उपरीक्षक पन्तका अनुसार घाइतेहरुलाई उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ। बसमा ३१ जना यात्रु सवार रहेका र अेन्य यात्रु सकुशल रहेका छन् ।
दुर्घटनामा घाइते अधिकांश यात्रुहरुको हातखुट्टा, टाउको तथा शरीरमा चोट लागेको बताइएको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र बाँकी अन्य यात्रु सामान्य रहेको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायतका जिल्लाका यात्रुहरु घाइते छन्। घाइतेमध्य एक जना विदेशी नागरिक पनि रहेको प्रहरीले जनाएको छ








प्रतिक्रिया दिनुहोस