आज: २०८३ बैशाख २७, आईतबार | Sun, 10, May, 2026

आज यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा हुने

२०८३ बैशाख २७, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी बाटिका संवाददाता
धादिङ -२७ वैशाख ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू(भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा मौसम विभाग पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन,चट्याङ सहित मध्यम सम्मको वर्षा भईरहेको छ।

आज दिउँसो हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ र तराई भू(भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी भू भागमा आंशिक बादल लाग्ने तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू(भागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।

यस्तै अन्य बाँकी प्रदेशको पहाडी र हिमाली भू भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस