आज: २०८३ बैशाख २७, आईतबार | Sun, 10, May, 2026

चौतारी पार्टी प्यालेसमा विवाहको भोज खाएका ९३ जना बिरामी, ५०को उपचार हुँदै

२०८३ बैशाख २७, आईतबार मा प्रकाशित ( ५३ मिनेट अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
चितवन -२७ वैशाख ।

चितवनको भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएर ९३ जना पाउनाहरु बिरामी परेका छन् ।

विवाहको निमन्त्रणामा भोज खान अएका ९३ व्यक्तिलाई उक्त पार्टी प्यालेसका खाना खान साथै ‘फुड पोइजनिङ’ भई बिरामी भएका थिए । यस्तै बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ भने बिरामीमध्ये हाल ५० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते सोही पार्टी प्यालेसमा कममकहभोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

केही बिरामीहरुको काठमाडौँको निजामती कर्मचारी ९सिभिल० अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । साथै बिरामी ९३ जनामध्ये ५० जना उपचाररत रहेको छन्। बिरामी सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ’, ।

उक्त घटनापछी पार्टी प्यालेसका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने भएको छ । चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको जनाएका छन् । साथै यस सम्वन्धि थप अनुसन्धान गर्ने बताइएको छ । भोज खाएपछी बिरामी परेकाहरुको उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस