आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

आज यी स्थानमा मेघगर्जन,चट्याङ्ग र मध्यम वर्षासहितको हिमपातको सम्भावना

२०८३ बैशाख ३०, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता
धादिङ ३० वैशाख ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागिरहेको छ।

जल तथा मौसम विभाग पुर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू(भागका केही जिल्लाहरूमा हावाहुरीरअसिनारमेघगर्जनरचट्याङ्गको पनि सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्ने र बाँकी भू(भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस