आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

लामो समयदेखी बिना काममा थन्किएको हुलाक कार्यालयहरु अब नागरिक सेवामा जुट्दै

२०८३ जेष्ठ ३, आईतबार मा प्रकाशित ( ७ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु-नारी बाटिका संवाददाता
धादिङ -३ जेठ ।

सरकारले स्वास्थ्य शिक्षा तथा जनचेतना मूलक सामग्रीहरु अब देशको दुर्गम ठाउँमा पुर्‍याउनका लागि हुलाक कार्यालय मार्फत पठाउने भएको छ ।

सरकारी सेवा सुविधाबाट संन्चालित हुलाक सेवा कार्यालय प्राय शून्य अवस्थामा थियो भने त्यहाँ कार्यरत कर्मचारी विना काम सरकारी सेवा सुविधा लिएर बसेको अवस्था थियो । अब हुलाक कार्यालयले नै यस्ता सेवा सुचारु गर्ने भएपछी विना कामको सरकारी कार्यालय हुलाकमा कार्यरत कर्मचारीले केही भएपनि काम पाउने भएका हुन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका गोदाममा देशका विभिन्न जिल्लामा पठाउन तयारी अवस्थामा रहेका स्वास्थ्य शिक्षा तथा सूचना सामग्री—पोस्टर, ब्रोसर, पुस्तिका तथा विभिन्न सचेतनामूलक सामग्रीले भरिने गर्दथे । तर देशका दुर्गम क्षेत्रमा संन्चालित सरकारका स्वास्थ्य केन्द्रहरुमा नत चेतनामुलक सासाग्रीहरु पुग्ने, नत दक्ष जनशक्ति नै भेटिने गर्दथ्यो ????

देशका कतिपय दुर्गम तथा विगटका स्वास्थ्य केन्द्रहरु त एक जना कार्यालय सहयोगी कै भरमा चलेको अवस्था थियो । अब सरकारले विना कामको सरकारी हुलाक सेवा कार्यालयलाई यस्ता आवश्यक समयमा ती सामग्री सम्बन्धित जिल्लास्थित कार्यालयसम्म पु¥याउन काम गरेको अवस्थामा देशका विगटमा बसोबास गर्ने नागरिकले सही समयमा सेवा लिन पाउने छन् ।

अब भने त्यो अवस्था बदलिने अपेक्षा गरिएको छ । केन्द्रले स्वास्थ्य शिक्षा सामग्रीको ढुवानी तथा वितरणका लागि हुलाक सेवा विभागसँग सहकार्य सुरु गरेको छ । यसै सहकार्यका लागि दुवै सरकारी निकायबिच विभागकी मनमाया भट्टराई पंगेनी र केन्द्रकी निर्देशक डा राधिका थपलियाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब स्वास्थ्य शिक्षा तथा सूचना सामग्री—जस्तै पोस्टर, ब्रोसर, पुस्तिका तथा अन्य सचेतनामूलक सामग्री—हुलाक सेवा विभागमार्फत देशभर ढुवानी र वितरण गरिनेछ । ७५३ वटै स्थानीय तहका वडा तहसम्म हुलाक मार्फत हुने सेवाले स्वास्थ्यका सामग्री पनि स्थानीय र वडा तहसम्म पुग्न जरुरी थियो ।

विगत लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको हुलाक कार्यालय यतिबेला काममा लागेको आभाश बनाएको छ । सरकारीले हुलाका कार्यालयले सदुपयोग गरि आम नागरिकका कागजपत्रहरु शैक्षिक प्रमाणपत्र, लाईसेन्स, पासपोर्ट लगायतका सामग्री पनि हुलाक मार्फत घर ठेगानामा पुर्‍याउने निर्णय गरेको छ ।

सरकारको यस कार्यले आम नागरिकलाई समय सापेक्ष सेवा पाउने मात्र नभै सर्वसुलभ र समयको बचत हुने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस