आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

जंगलको भ्याकुर खाँदा बागलुङमा एकको मृत्यु आठ बिरामी

२०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित ( ४ हफ्ता अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
बागलुङ ४ जेठ ।

जंगलको भ्याकुर खाँदा बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ। यस्तै जंगली भ्याकुर खाएकाहरु अन्य आठ जना समेत बिरामी परेका छन्।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–५ दाग घर भएका ७२ वर्षिय फिरमकुमारी घिमिरेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।

प्रहरीका अनुसार, विगतदेखी नै स्वास्थ्य समस्यामा रहेका घिमिरेको घरमै ज्यान गएको थियो भने अन्य आठ जनापनि भ्याकुर खाएर बिरामी परेका हुन्। जंगली भ्याकुरको सेवनबाट मृत्यु हुनेहरुमा बडिगाड गाउँपालिका –५ खारका ५५ वर्षिय दुरपती कामी, ५५ वर्षिय विष्णु घिमिरे, २३ वर्षिया शारदा न्यौपाने, ४३ वर्षिय सुरेन्द्र विक, ६३ वर्षिय भोजराज घिमिरे, ६२ वर्षिया पुतली घिमिरे, ६५ वर्षिय खिमानन्द घिमिरे र १४ वर्षिय किशोर अबिसन घिमिरे रहेका छन् ।

बिरामी सबैको अहिले बुर्तिबाङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्य एक जनाको अवस्था गम्भिर रहेको छ । साथै बिरामीहरुमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र वान्ता हुने लक्षणहरु देखिएको छ।

मृत्युको कारण गर्मी मौसममा पाईने निगुरो टिप्न उनीहरु आइतबार जंगलमा गएको र खाजामा दिउँसो जंगलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको प्रहरीको प्रारम्भिक अनुसधानमा खुलेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस