
नारी बाटिका
बिबियु -नारी बाटिका संवाददाता
धादिङ -५ जेठ ।
धादिङको थाँक्रे गाउँपालिका ६ दशकिलास्थित पृथ्विराजमार्गमा टिफरले ठक्कर दिँदा एक महिलाको मृत्यु छ ।
मंगलबार बिहान करिब ८ः १० बजेको समयमा गजुरीबाट काठमाण्डौ तर्फ बालुवा लिएर जाँदै गरेको बा ३ ख ४७८१ नं.को टिफरले पैदलयात्री सोही स्थान बस्ने बर्ष अं.९३ की गंगा देवी बिडारीलाई ठक्कर दिँदा घाइते वृद्ध महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
पैदलयात्री बिडारीलाई ठक्कर दिएर फरार रहेको उक्त टिफर चालक सोही स्थानमा रहेको इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्र.नि.राजेन्द्र बहादुर के.सी. तथा प्र.चौ महादेववेशीबाट प्र.ना.नि बिष्णु ब.नेपालीको नेतृत्वसहित ट्राफिकको टोलीले घाईते वृद्ध महिलालाई महादेववेशी स्थित थाक्रे पोलिक्ननिकमा सामान्य उपचार गराईएको थियो ।
त्यसपछी उनलाई थप उपचारको लागि धार्के स्थित साईबाबा सामुदायिक अस्पताल ल्याईएकोमा पुनः ऐ.०८ः५० बजे थप उपचारको लागि गजुरी स्थित गजुरी प्रा.स्वा.केन्द्र गजुरी तर्फ पठाईएको थियो ।
तर घाईतेको अवस्था गम्भिर रहेकोले निजको उपकार कै क्रममा मृत्यु भएको हो । घटनामा संलग्न बा ३ ख ४७८१ नं.को टिफरलाइ घटनास्थल भन्दा अं.५०० मिटरको दुरीबाट चालकले सडकमा छोडेर फरार रहेको अवस्थामा उक्त गाडिलाई नियन्त्रणमा लिई इ.प्र.का खानीखोला राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।
साथै दुर्घटनापछी फरार रहेका टिफर चालक धादिङ थाक्रे गाउँपालिका सातकिला बस्ने बर्ष अं. २८ को सन्तोष रेग्मिलाई सोही पालिकाको आठकिलाबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको छ ।








प्रतिक्रिया दिनुहोस