आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

‘डाबर हनी’(मह)मा गुणस्तर भेटिएन,बिक्रीका लागी बजारमा राखिएका सबै फिर्ता गर्न निर्देशन

२०८३ जेष्ठ ७, बिहिबार मा प्रकाशित ( ३ हफ्ता अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी वाटिका संवाददाता

धादिङ – ७ जेठ ।

डाबर नेपाल प्रा.लि.ले उत्पादन गरेको ‘डाबर हनी’ (मह) मा  गुणस्तर नभेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा संन्चालित डाबर नेपाल प्रा.लि.बाट उत्पादन गरिएको मिति २०२५,१२ रहेको तथा १८ महिना उपभोग्य अवधि उल्लेख गरिएको सामानमध्य विशेषगरी ब्याच नम्बर ‘एबी ००४७७’को ‘डाबर हनी’ गुणस्तरहीन प्रमाणित भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति २०८३ जेठ ५ मा जारी गरेको आदेश अनुसार उक्त ब्याच नम्बरका सम्पूर्ण मह तत्काल बजारबाट संकलन गरी फिर्ता गर्न र बजारमा बिक्री–वितरण रोक्न सम्बन्धित कम्पनीलाई निर्देशन दिइएको हो ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२०) बमोजिम फिर्ता आदेश जारी गरिएको जनाएको छ । भने सोही दफाको उपदफा (४०)ले दिएको अधिकार प्रयोग गरी उक्त कम्पनीको सोही उत्पादन पुनः बिक्री–वितरण नगर्न वा नगराउन निर्देशन जारी गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस