आज: २०८३ जेष्ठ ७, बिहिबार | Thu, 21, May, 2026

विपक्षी दलको विरोध हुंदा हुंदै वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

२०८३ जेष्ठ ७, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी वाटिका संवाददाता
धादिङ -७ जेठ ।

प्रतिनिधि सभा बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ । विपक्षी दलहरूको विरोधकाबिच आज बसेको प्रतिनिधि सभा बैठकले उत्त विधेयकलाई बहुमतले पारित गरेको थियो।

अर्थमन्त्री डा.वाग्लेले आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएसंगै सत्तारुड दलका प्रतिनिधि सभा सदस्यको बहुमतले विधेयकलाई पारित गरिएको थियो ।

यता प्रतिपक्ष दलका सांसदहरुको विरोध चलिरहँदा यता सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस