आज: २०८३ जेष्ठ ८, शुक्रबार | Fri, 22, May, 2026

अवैध ‘क्रिष्टल’ पदार्थसहित धादिङ रुबीभ्यालीबाट एक जना पक्राउ

२०८३ जेष्ठ ८, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -८ जेठ ।

धादिङको रुबीभ्याली गाउँपालिकाबाट अवैध रूपमा ‘क्रिष्टल’ जस्तो देखिने (वस्तु )सहित एकजना पक्राउ परेका छन् । धादिङ प्रहरीले अवैध रूपमा ‘क्रिष्टल’ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा ८० केजी उक्त पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश दाहालका अनुसार रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौतारास्थित क्षेत्रमा सेर्तुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चार वटा प्लास्टिकका बोराभित्र लुकाइछिपाइ राखिएको अवैध ‘क्रिष्टल’ जस्तो देखिने पदार्थ बरामद गरिएको जानकारी दिनु भयो।

पक्राृउ पर्नेमा रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङ रहेका छन् । प्रहरीले तामाङको साथबाट बरामद गरिएको पदार्थको तौल ८० केजी रहेको बताइएको छ।

प्रहरीले उक्त अवैध ‘क्रिष्टल’ पदार्थलाई स्थानीयहरुको रोहवरमा (रितपूर्वक) बरामद भएका पदार्थको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङ ल्यार्इ पक्राउ परेका तामाङसहित उक्त पदार्थको बारेमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

विस्तृत हेर्नको लागी यहाँ क्लिक गर्नु होस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस