आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

रविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गराइयो

२०८३ जेष्ठ ८, शुक्रबार मा प्रकाशित ( ३ हफ्ता अघि) २०१६ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता
धादिङ -८ जेठ ।
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सभापति लामिछानेविरुद्धको सहकारी ठगी तर्फको अभियोग दाबी कायम रहने गरी अन्य मुद्दा अभियोग दाबी कायम नरहने भनी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका हुन् ।

अदालतका स्रेस्तेदार खनालका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीहरुलाई लगाइएको सङ्गठित अपराध,सम्पत्ति शुद्धीकरण कसुर साथै राष्ट्र बैंकसम्बन्धी कसुर गरेको भन्ने अभियोग अब उप्रान्त लगान नमिल्ने गरी संशोधन हुने अदालतले आदेश दिएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस