आज: २०८३ जेष्ठ ९, शनिबार | Sat, 23, May, 2026

नदीमा डुबेर एकैदिन महोत्तरीमा चार बालिकाको ज्यान गयो

२०८३ जेष्ठ ९, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददात
महोत्तरी – ९ जेठ ।
गर्मीको चपेटाले नदीमा पौडी खेल्न गएका महोत्तरीका चार जना बालिकाहरुले एकै दिन डुबेर ज्यान गुमाएका छन् । सुक्रबार महोत्तरी मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक गरी पौडी खेल्न गएका बालिकाको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा मनरासिस्वा नपा–७ सरपल्लोकी १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको छ । तीनै जना बालिकाहरु सुक्रबार दिउँसो अङ्कुशी र जंघा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा चिप्लेर उनीहरु नदीमा डुबेर ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका–४ रजखोर गाउँकी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस