
नारी बाटिका
बिबियु नारी वाटिका संवाददाता
धादिङ -९ जेठ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी क्षेत्र नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भेगमा साधारणतया बादल छ ।
यस्तै मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । गणडकी प्रदेशका एक–दुई स्थानमा र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने र बाँकी तराई क्षेत्रमा मुख्यतया सफा रहने विभागले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका केही स्थान, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भागका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको पहाडी भेगको केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर हुने सम्भावना छ । यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्ने र बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहनेछ ।
साथै आज कोशी र मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्र तथा कर्णाली प्रदेशका हिमाली भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशको पहाडी र तराई भेगको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस