
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धादिङ -१३ जेठ ।
हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगमा साधरणतया बादल छ भने बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा छ।
अहिले गण्डकी प्रदेशको पहाडी र हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
बुधबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्ने र बाँकी हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ।
साथै कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानहरू, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका एक दूई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगमा तातो दिन हुने भएको गर्मी बड्ने सम्भावना छ। मधेस प्रदेश लगायत कोशी,बागमती र गण्डकी प्रदेशका तराई र पहाडी क्षेत्रका एक–दुई स्थानहरूमा अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्ने, मधेस तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरू, मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगका थोरै स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। साथै मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस