आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

आज पनि देशभर चट्याङ्गसहितको वर्षा हुने सम्भावना

२०८३ जेष्ठ १४, बिहिबार मा प्रकाशित ( २ हफ्ता अघि) २२३३ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ -१४ जेठ।

हाल देशैभरमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैको प्रभावले पछिल्लो समयमा निरनतर जस्तै वर्षा भैइरहेछ । अहिले कोशी प्रदेश लगायत सातै प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको र मधेस प्रदेशमा आंशिक बादल छ । तराईका भूभागमा मुख्यतया मौसम सफा छ। अहिले कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहितको हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेक्रम जारी रहने बाँकी कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी केही स्थानहरूमा मध्यम वर्षासहितको चट्याङ्गको सम्भावना रहेको छ ।

यस्तै मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगका थोरै स्थानहरु तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ।

यस्तै आज राति देशभर साधरणतया बादल लाग्ने, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूलगायत कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी क्षेत्र तथा बाँकी तराई भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले सर्तकता अपनाउन आग्रह गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस