आज: २०८३ जेष्ठ १८, सोमबार | Mon, 01, Jun, 2026

नारी विकास सहकारीद्वारा समुहको अवस्था विश्लेषण तथा परिमार्जन कार्यक्रम

२०८३ जेष्ठ १८, सोमबार मा प्रकाशित ( २९ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु
धादिङ – १८  जेठ ।

 

नारी जागरण केन्दको सहयोगमा नारी विकास सहकारी संस्थाद्धारा समुहको अवस्था श्लिेषण तथा परिमार्जन कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाको कार्यलय धादिङवेशीमा आयोजित एक दिवसीय तालिममा संस्थाका  सहजकर्ता भगवती उप्रेतीले सहजीकरण तथा नारी विकास सहकारी संस्थाको व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा उद्योमशील महिला समुह निलकण्ठ नगरपालिका वडा नं. १२,नमुना महिला समुह नि.न.पा.१२,पशुपति महिला समुह नि.न.पा १२, सहकारीका सन्चालक समिती र कर्मचारी लगायतको समुहको अवस्था विश्लेषण तथा समुह परिमार्जन सम्वन्धि एक दिवसीय तालिमको आयोजना गरिएको थियो ।

केही समयदेखी निष्कृय अवस्थामा रहेका महिला समुहका केही सदस्यहरुको वास्तविक अवस्था र समस्याको पहिचान गरी पछिल्लो समुहको मुख्य समस्या के हो ? अवस्था विश्लेषबाट आएका प्रतिवेदन र समुहको आवश्यकता पहिचान गरी संस्थाले समुहमा गरिने कार्यको बारैमा छलफल गरिएको थियो ।

यसका साथै कार्यक्रममा व्यवशायमा विशेषगरी तरकारी खेती,भैंसी पालन गरी दुध बिक्री बितरणबाट आर्थिक लाभ लिन, महिला समुहकै पहुँचमा सहुलियत कर्जा प्रभाह सम्वन्धि समुह समुहको छलफल भएको थियो ।

नारी जागरण केन्द्रको तालिम सहजीकरण सहयोगमा सन्चालन भएको तालिममा ऋण जोखिम विमा,महिला स्वास्थ्य उपचार विमा प्राप्त गर्नमा समुह सक्रीया रही उचित समयमा केन्द्र तथा नारी विकासको सम्पर्कमा आउन सके क्षतिपुर्ति प्राप्त गर्न सकिनेलगायतका विषयमा तालिम संन्चालन गरिएको थियो ।

संस्थाको निलकण्ठ नगरपालिका वडा न. ३ स्थित कार्यलयको आफ्नै भवनमा सन्चालित तालिममा निलकण्ठ नगरपालिका भित्रका उद्यमीशिल महिला समुह ,पशुपती महिला समुह,,नमुना महिला समुहका सदस्यहरु गरी ४२ जनाको सहभागिता रहेको थियो ।

तालिममा नारी सहकारीका संन्चालक समितिका सदस्यहरु, कार्यालयका कर्मचारी र समुहका सदस्यहरुको सहभागिता रहेको थियो । नारी जागरण केन्द धादिङको सहयोग, नारी बिकास सहकारी संस्थाको ब्यवस्थापन तथा नारी संन्चार मिडिया प्रा.लि(को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त तालिममा सहजकर्ता एव् केन्द्रकी कार्यकारी निदेशक भगवती उप्रेतीले महिलाहरुले समुहमा आवद्ध भएपनि समुहमा बचत जम्मा गर्नु नपर्ने र सामाजिक तथा समुहका सदस्यहरुको स्वास्थ्य उपचारमा पहुँचका लागी क्षमता विकास गरी समुहकै निर्णयमा अप्ठ्यारो र कुनै दुर्घटनामा पर्दा केन्द्र मार्फत उपचार खर्च उपलव्ध गराउने भएकोले सो को प्रकृयाको बारेमा जानकारी लिन आवश्यक सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै समुहमा बसेर महिला कै पहुँचमा सरल कर्जा कोष परिचालनबाट केन्द्र कै सहयोगमा आफ्नो चहाना र अवस्था अनुसारको महिलाले सानो तिनो व्यवस्शाय संन्चालन गरी आर्थिक उपार्जनका कोषको व्यवस्थापनको काम गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस