
नारी बाटिका
नारी वाटिका संवाददाता
बिबियु,
धादिङ -२० जेठ ।
नेपाल पत्रकार महासंघ धादिङको २४ औँ साधारण सभा सम्पन्न भएको छ। महासंघले आफ्नो वार्षिक साधारण सभाका अवसरमा धादिङ महासंघका संस्थापक सचिव स्वर्गीय राजेन्द्र प्रताप शाहको शालिक अनावरण तथा संस्थापक कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान गरिएको हो। 
पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य (धादिङ क्षेत्र नं. २ ) का प्रतिनिधिसभाका सदस्य बोधनारायण श्रेष्ठको प्रमुख अतिथ्यता रहेका थियो । 
संघीय साँसद् श्रेष्ठले उद्घाटन सत्रलाई सम्बोधन गर्दै पछिल्लो समयमा विशेष गरी सामाजिक सञ्जालको तीव्र प्रभावले सूचना प्रवाहको स्वरूप बदलिएको छ । यद्यपि तथ्य र सत्यतामा भन्दापनि भाईरल र भिउज बढाउने उदेस्यले भ्रामक सुचनाहरु आउने गरेकाले सञ्चारमाध्यम र पत्रकारहरुले यसलाई ध्यानमा राखी यथार्थ परक सुचाना तथा समाचर प्रशारण र प्रकाशनमा जोड दिन आग्रह गर्नु भएको छ । 
सासद् श्रेष्ठले सही यथार्थतमा कलम चलाउन मत्रकारहरुको भूमिका अझ सशक्त र अपरिहार्य बन्दै गएको बताउनु भयो। यस्तै “पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात गरी आफ्नो व्यवशायिक धर्म निभाउँन सके मात्र पत्रकारिताप्रतिको जनविश्वास कायम रहने बताउनु भयो । उहाँले भन्नु भयो “प्रकृति स्रोत तथा जिल्लाको चिनारीको अस्तित्व जोगाउन पत्रकारहरू प्रविधिमैत्री बन्दै त्यस्ता विषयमा खोजमुलक पत्रकारितामा गर्नु पर्छ। 
” उहाँले हालै प्रधानमन्त्री बालेन शाहले दिनु भएको नेपालले पनि भारतीय भुमि मिचेको भन्ने विषयमा चौतर्फी रुपमा आलोचनाको विषय बनेको भएतापनि सो विषयमा प्रधानमन्त्री शाहले नबुझीकन यस्ता विषय बोल्नु भएको हो भन्ने लाग्दैन तैपनि सो बारेमा पार्टीभित्र पनि छलफल हुनै बाँकी रहेको बताउनु भयो । सोही क्रममा सांसद श्रेष्ठले सरकारको विज्ञापन नीतिका बारेमा सरकार गठन भएको कम्तीमा १०० दिनपछि मात्रै आधिकारिक प्रतिक्रिया दिन सञ्चार क्षेत्रलाई आग्रह गर्नु भएको थियो। 
कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपालकी केन्द्रीय उपाध्यक्ष नितु पण्डितले राज्यले विभिन्न कानुन तथा सरकारी परिपत्र मार्फत सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको बताउनु भयो। उपाध्यक्ष पण्डितले महासंघले प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर आन्दोलन गरिरहेको उल्लेख गर्नु हुंदै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई थप मजबुत बनाउन सरकार लाग्नु पर्नेमा जोड दिनु भयो। 
त्यसैगरी कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले हालै सरकारले ल्याएको संन्चार विभेदकारी नीतिका कारण आम सञ्चारमाध्यम गम्भीर संकटमा परेको बताउनु भयो । उहाँले सरकारले मिडिया विरोधी कानुन ल्याएर निजी संन्चारमाध्यमलाई विस्तापित गर्न लागेकोले सरकारको यस कदमलाई रोक्न र पत्रकारको पेशागत संरक्षणका निमित्त सबै संन्चार माध्यमलाई एकजुट हुन आह्वान गर्नु भयो। 
साधारण् ासभाको अवसरमा महासंघको परिसरमा स्थापना गरिएको संस्थापक सचिव स्वर्गीय राजेन्द्र प्रताप शाहको शालिकमा अनावरण गरिएको थियो ।
महासंघले संस्थापकहरू बाशुदेव तिमिल्सिना, संस्थापक कोषाध्यक्ष लक्ष्मी कट्टेल तथा संस्थापक सदस्यहरू मोहनकुमार श्रेष्ठ, नविनबन्धु पहाडी र उत्तमराज कँडेललाई दोसल्ला ओढाएर पत्रसहित विशेष सम्मान गरेको हो। कार्यक्रमको बन्दसत्रमा शाखाका सचिव सन्तोषराज श्रेष्ठले वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बद्री अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। साथै अध्यक्ष सीताराम अधिकारीले निकै सघर्षका साथ धादिङ पत्रकार महांसंघलाई संस्थागत सुदृढीकरण र प्रेस स्वतन्त्रताको रक्षाका लागि नेतृत्वदायी भूमिका खेलिरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष डा.मुरारी अधिकारी, प्रेस चौतारी धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, र प्रेस सेन्टर धादिङका अध्यक्ष निर तामाङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनिष दुवाडीले राख्नु भएको थियो भने सञ्चालन सचिव सन्तोषराज श्रेष्ठले गर्नु भएको हो ।








प्रतिक्रिया दिनुहोस