आज: २०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

१४ जिल्लामा तातो लहर ,अत्याधिक गर्मी हुने भएकाले सावधानी अपनाउन सुझाब

२०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
बिबियु,
धादिङ -२२ जेठ ।
पछिल्लो समयमा केही दिनखेखी देशभर अत्याधिक गर्मी बड्दै गएपछी जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सतर्क रहन सुझाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार एक बुलेटिन जारी गरी तराईका केही जिल्लामा सावधानी अपनाउन पनि अनुरोध गरेको छ। विभागले देशका विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य सात जिल्लामा पनि अध्यावधिक रहन अनुरोध गरेको हो।

जस अनुसार आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा पनि बड्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ । बुधबार भैरहवामा ४१ डिग्री तापक्रम मापन भएको थियो भने नेपालगञ्जमा ४० डिग्री पुगेको हो।

यस्तै मधेस तथा लुम्बिनी प्रदेश तराई क्षेत्रका थोरै स्थानमा आगामी तीन दिनसम्म मध्यम तातो हुनेछ। “कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन हुने महाशाखाले जनाएको छ। जसका कारण गर्मीबाट बच्न सावधानी अपनाउन सुझाएको हो ”, यस्तै गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ।

विभागले सतर्क रहनु पर्ने निम्न अनुसारका जिल्लाहरूको सुचि सार्वजनिक 

बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट(सुस्तापश्चिम),पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चलेर गर्मी अत्याधिक बड्ने भएकाले सतर्क रहन अनुरोध गरेको हो।

त्यसैगरी देशका कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट(सुस्तापूर्व) चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई पनि मौसम सम्वन्धि सूचना लिएर सावधानी अपनाउन सुझाएको छ ।

तातो हावा तथा अत्याधिक गर्मीबाट जोगिने उपायहरु,
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत लक्षण देखिनसक्ने भएकाले त्यसबाट बच्न उपाय अबलम्बन विभागले भनेको छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बिना काम घर बाहिर नजाने र चर्को घाममा बाहिर ननिस्किनै परेमा हल्का लुगा (सुतीका कपडा) लगाउन अनुरोध गरेको छ ।

यस्तै बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउन, नियमित र (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहन सुचित गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस