
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ- २४ जेठ
नेपाली सेनामा कार्यरत आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या प्रकरणमा उनकै श्रीमान् नेपाली ब्रो’ नामले चिनिने कुमार थापा पक्राउ परेका छन् । ४२ वर्षीया ईश्वरीको हत्या गर्ने श्रीमान् थापासहित घटनामा संलग्न रहेको आरोपमा चारजनालाई आईतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा श्रीमान थापासहित अन्य तीन जना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६,लोलाङ पैँयुटारमा घरेलु विवाद भएको र सोही कारण थापाले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि आक्रमण गरी हत्या गरेका हुन् । आक्रमण गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिए पनि उनको ज्यान गएको थियो।
मृतक भुजेल नेपाली सेनाका वहालवाला सरक्षाकर्मी हुन् । घटनामा थप तीन जनाको पनि संलग्न रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिइएको छ। उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी पवन भट्टराईले जानकारी दिनु भयो।
यस प्रकरणमा पक्राउ पर्ने अन्य व्यक्तिहरूमा नुवाकोट तारकेश्वर–४ निवासी ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्लाको हिमा गाउँपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ बस्दै आएकी २५ वर्षीया प्रतिक्षा आचार्य छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुको घरेलु विवादका क्रममा फलामको रड प्रयोग गरी आक्रमण गरिएको जनाएको छ। घटना शुक्रबार राति करिब १०ः१० बजे भएको हो। पक्राउ परेकाहरुमाथी प्रहरीले थप अनुसन्धान गर्दैछ।








प्रतिक्रिया दिनुहोस