आज: २०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

धादिङको सल्यान्टारमा आयोजित महामहोत्सवमा लाखौं भक्तजनको सहभागिता

२०८३ जेष्ठ २५, सोमबार मा प्रकाशित ( १ महिना अघि) ४०६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ — २५ जेठ

धादिङको सल्यानटारमा अवस्थित नृसिंहधाममा जारी पुरुषोत्तम धार्मिक महामहोत्सवमा लाखौं भक्तजनको सहभागिता रहेको छ ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यान्टार गाउँको अर्गौता भन्ने स्थानमा अवस्थित बुढीगण्डकी र आँखु खोलाको संगममा पर्ने नदी छेउमा आएर परापुर्वकालमा भगवान प्रहलादले तपस्या गरेको भन्ने जनविस्वास रहेको नृसिंहधाममा यही जेठ २ गतेबाट सुुरु भएको महामहोत्सवमा हालसम्म करिव २० लाख भक्तजनहरुले दर्शन गरीसकेका छन् ।

पछिल्लो समय देशभर नै अत्याधिक तातोको कारण गर्मी बढीरहेको अवस्था भएपनि उक्त धार्मिक महामहोत्सवमा उल्लेखनीय रुपमा भक्तजनको सहभागिता देखिएको हो। महामहोत्सवमा धादिङ जिल्लाभित्रका तथा देश भरीका विभिन्न स्थानबाट लाखौं श्रद्धालुहरू ठूलो संख्यामा महोत्सवमा घुईँचो लागेको छ ।

Screenshot

आयोजकको भनाई अनुसार सार्वजनिक विदाको दिनमा त कम्तीमा पनि ५०० भन्दा बढी साना तथा ठुला सवारीसाधनमार्फत श्रद्धालुहरू नृसिंहधाम जाने गरेका छन्। वर्षा र अत्याधिक रुपमा बढेको तातो मौसमको कुनै प्रवाह नगरी आफ्ना कुल पृतृका नाममा हवन,पूजा,दर्शन तथा भजन–कीर्तनमा सहभागी हुन बिहानै देखि भक्तजनहरूको उल्लेख्य भीड लागेको देखिएको छ।

यस्तै कुनै दिनमा तं श्रद्धालुहरूको अत्यधिक आवागमनका कारण कालु पाण्डे राजमार्ग हुँदै सवारी चाप अत्यधिक बढेको ट्राफिक प्रहरीहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस