
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ -२५ जेठ ।
राष्ट्रिीय स्वतन्त्र पार्टी तथा सत्तारुढ दलका सभापति रवी लामिछानेले बोलाएको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी बाहेक बोलाएका सबै दलका नेताहरु उपस्थित भएका छन् ।
आज सर्वदलीय बैठकका लागी रास्वपाका सभापति लामिछानेको सबैलाई बोएका स्रोतले जनाएको छ ।
सत्तारुढ दलको हैसियतले सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागी संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष तथा सभापति तथा पार्टी प्रतिनिधि गरी सबै दलबाट दुई जनाको दरले सहभागीता हुनेगरी आमन्त्रण गरिएको थियो ।
तर उक्त बैठकमा कांग्रेस, एमाले र नेकपाबाट पार्टी प्रमुख सहभागी नभई पार्टी प्रतनिधीलाई मात्र सहभागिता गराईएको हो । राप्रपाबाट भने अध्यक्ष राजेन्द्र लिङ्देन आफै बैठकमा सहभागी भएका छन् ।
यता श्रम संस्कृति पार्टी र अध्यक्ष हर्क साम्पाङ राई नेतृत्वको टोलीबाट कोही पनि सहभागिता नजनाई बैठक नै बहिष्कार गरेका हुन् । ।








प्रतिक्रिया दिनुहोस